You are here

१० किलो अवैध सुन प्रहरीद्वारा बरामद

काठमाडौं । रसुवाको केरुङ नाका हुँदै काठमाडौं भित्राउँदै गरेको ठूलो परिमाणमा अवैध सुन प्रहरीले बरामद गरेको छ । निर्वाचनको सुरक्षाका क्रममा खटिएका प्रहरीहरुले चेकजाँच गर्ने क्रममा बालाजु बाइपासबाट १० किलो सुन बरामद गरेको हो ।

काठमाडौं प्रहरी परिसरले बालाजु बाइपासबाट शनिबार साँझ सिन्धुपाल्चोक घर बताउने फूलसिंह तामाङलाई अवैध सुनसहित पक्राउ गरेको हो । तामाङले मोटरसाइकलको साइलेन्सरभित्र लुकाएर अवैध सुन काठमाडौं भित्र्याउँदै थिए । प्रहरीले भने १० किलो भन्दा बढी सुन हुन सक्ने जनाएको छ ।

Leave a Reply

Top
error: Try Again!!! Something went wrong!!!