You are here

समानुपातिकतर्फ पहिलो दल भए कांग्रेसको भागमा कति सिट पर्ला ?

अहिले धमाधम समानुपातिकतर्फको पनि मतगणना जारी छ । अबको पाँच दिनभित्र समानुपातिकको मतगणना सक्ने आयोगको तयारी छ ।

 

प्रदेश र प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचनमा तेस्रो रहेको नेपाली कांग्रेसले समानुपातिकमा एमालेलाई कडा चुनौती दिइरहेको छ । अहिले गणना भइरहेको जिल्लामा कांग्रेस पराजित भए पनि मत भने एमालेको हाराहारीमा आइरहेको छ ।सोमबार बिहानसम्म समानुपातिकतर्फ एमालेको तीन लाख १६ हजार ९९४ मत छ ।

कांग्रेस समानुपातिकमा भने दोस्रो स्थानमा छ । कांग्रेसले तीन लाख १२ हजार २१६ मत पाएको छ ।

मतगणनाको यही ट्रेन्ड कायम भए कांग्रेसले समानुपातिकमा ४० सिट पाउने अपेक्षा गरेको छ । समानुपातिकमा कांग्रेस, एमाले, माओवादी केन्द्र, राजपा, संघीय समाजवादी फोरमले मात्र ३ प्रतिशत थ्रेसहोल्ड हटाउने भएकाले नयाँ शक्ति, राप्रपा, विवेकशीललगायत साना दलका सबैले पाउने करिब १० लाख मत ठूला दलले आपसमा बाँडेर लिनेछन् ।

Leave a Reply

Top
error: Try Again!!! Something went wrong!!!