You are here

विमानको पाइलट बस्ने सिटमा आखिर के गर्दैछन् प्रधानमन्त्री देउवा ? कारण थाहा पाएर तपाई छक्क पर्नुहुनेछ

काठमाडौं । नेपाली राजनीतिको शिखरमा छन् प्रधानमन्त्री शेरबहादुर देउवा । विबादास्पद छविका कारण आफ्नै कार्यकालमा फेरी एक पटक सफल रुपमा निर्वाचन गराएका प्रम देउवा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा समेत चर्चामा रहेका बेला उनी विमान भित्र रहेको तस्विर अहिले चर्चामा रहेको छ ।

विमानको पाइलट बस्ने सिटमा निकै नै उत्सुकता पूर्वक हेरिरहेका देउवाकालो टोपी, तिलचाम्रे कपाल सहित भेटीए । यो तस्विर हामीले सामाजिक संजालबाट लिएका हौँ । सामाजिक सञ्जालमा भेटिएको यो तस्बिर धनगढीस्थित एयरक्राफ्ट म्युजियमको हो । तस्बिर हेर्दा देउवाको अनुहारमा उत्सुकता मात्रै होइन्, प्रशन्नतासमेत देखिन्छ । पाइलटले विमान कसरी उडाउँदा रहेछन् भनेर देउवाले जान्न खोजेको तस्विरमा स्पस्ट देख्न र बुझ्न सकिन्छ ।

सुदूरपश्चिमको दुर्गम जिल्ला डडेल्धुरामा जन्मिएका देउवा मुलुकको चारपटक प्रधानमन्त्री भइसकेका छन् । तीनै तहको निर्वाचन सफलतापूर्वक गराएर राजनीतिक संक्रमणलाई सफल अवतरण गराएका देउवाको यो तस्बिर हेर्दा जोकसैलाई जिज्ञासा उत्पन्न हुन्छ ।

Leave a Reply

Top
error: Try Again!!! Something went wrong!!!