You are here

विमलेन्द्र निधि र राजेन्द्र महतोबिच कडा प्रतिस्पर्धा, महतो १३ मतले अघि

जनकपुर, मंसिर २२ – धनुषा क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी राजपा नेपालबिच कडा प्रतिस्पर्धा देखिएको छ । जनकपुरमा रहेको महेन्द्रनारायण निधि प्रतिष्ठानमा चलिरहेको मतगणनाको प्रारम्भिक विवरण अनसार राजपाका उम्मेदवार राजेन्द्र महतो १३ मतले मात्र अघि हुनुहुन्छ ।

महतोले ५ सय ८४ मत ल्याउनु भएको छ । निधिले भने ५ सय ७१ मत ल्याउनु भएको छ । मतगणना भइरहेको ठाउँलाई ताराजालीले घेरेर राखिएको छ । मतगणनामा संलग्न कर्मचारी तार जालीले ढाकिएको ठाउँ भित्र बसेर मतगणना गरिरहँदा दलका प्रतिनिधि भने तारजाली बाहिरबसेर मत टिपिरहेका छन् ।
नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि र राष्ट्रिय जनता पार्टी राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो चुनावी प्रतिस्पर्धामा रहेको धनुषा क्षेत्र नम्बर दुईमा मतगणना भइरहेको छ ।

धनुषा, मंसिर २२ –नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि र राष्ट्रिय जनता पार्टी राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो चुनावी प्रतिस्पर्धामा रहेको धनुषा क्षेत्र नम्बर दुईमा मतगणना भइरहेको छ ।
दुई नेताबिचको प्रतिस्पर्धाका कारण चर्चामा रहेको यो क्षेत्रको मतगणनाका क्रममा अपनाइएको सुरक्षा व्यवस्था पनि चर्चामै छ । जनकपुरमा रहेको महेन्द्रनारायण निधि प्रतिष्ठानमा मतगणना स्थललाई ताराजालीले घेरिएको छ ।
मतगणनामा संलग्न कर्मचारी तार जालीले ढाकिएको ठाउँ भित्र बसेर मतगणना गरिरहँदा दलका प्रतिनिधि भने तारजाली बाहिरबसेर मत टिपिरहेका छन् ।

धनुषा क्षेत्र नम्बर ३ मा कांग्रेस नेता विमलेन्द्र निधि र राष्ट्रिय जनता पार्टी राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो चुनावी प्रतिस्पर्धामा रहेकाले यो क्षेत्रलाई निक्कै महत्वका साथ हेरिएको छ ।

Leave a Reply

Top
error: Try Again!!! Something went wrong!!!