You are here

लोडसेडिङ हुने भन्ने हल्ला मात्र लोडसेडिङको हल्ला नफैलाउन प्राधिकरणको आग्रह

काठमाडौं:लोडसेडिङको हल्ला फैलिएको भन्दै नेपाल विद्युत प्राधिकरणले ध्यानाकर्षण भएको जनाएको छ । केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा अघोषित रुपमा लोडसेडिङ भइरहेको र लोडसेडिङ हुने भन्ने हल्ला फैलाइएको भन्दै प्राधिरकणले विज्ञप्ति निकालेर ध्यानाकर्षण भएको जनाएको छ ।

अहिले औद्योगिक ग्राहकलाई दैनिक तीन घण्टाबाहेक अन्य ग्राहकलाई घोषित/अघोषित रुपमा कुनै प्रकारको लोडसेडिङ नगरिएको प्रष्ट पार्दै प्राधिकरणले प्राविधिक समस्याका कारण केहीबेरसम्म विद्युत आपूर्तिमा अवरोध आएको अवस्थामा समेत प्राधिकरणले तत्काल प्राविधिक टोली खटाएर समस्या समाधान गरी विद्युत आपूर्ति गरिरहेको जनाएको छ ।

यस्तै आपूर्तिमा गुणात्मक सुधार ल्याउन तथा फिडर र ट्रान्सफर्मरको क्षमता बढाएर समग्र विद्युत बितरण प्रणालीलाई सदृढीकरण गर्ने कामलार्ई उच्च प्राथमिकतामा राखेर काम भैरहेको पनि प्राधिकरणले जनाएको छ ।

हिउँद लागेसँगै खोला नदीमा पानीको बहाव घटेकाले विद्युत उत्पादनमा केही कमि आएको र तर ग्राहकलाई भने अध्यारोमा नराखिने प्राधिरकणले जनाएको छ ।

विद्युत उच्च मागको समयमा प्राधिकरणले आफ्ना जलविद्युत आयोजनाहरुबाट ३७२ मेगावाट (९२ मेगावाटको कुलेखानी बाहेक), निजी क्षेत्रबाट २२० मेगावाट र भारतबाट ३७२ मेगावाट गरी कूल ९६४ मेगावाट विद्युत आपूर्ति गरिरहेको छ भने नपुग करिब ३०० मेगावाटका लागि औद्योगिक ग्राहकलाई पिक आवरमा मात्र झन्डै तीन घण्टा विद्युत कटौती गर्नु परेको प्राधिरकरणले जनाएको छ ।

हिउँदमा विजुलीको माग धान्न प्राधिकरणले आफ्नो स्वामित्वमा रहेका विद्युतगृहको उच्चतम् सञ्चालन, निजी क्षेत्रको उत्पादन र अपूग विद्युत विगतमा जस्तै भारतबाट आयात गर्ने योजना प्राधिरकणको छ ।

विद्युत चोरीलाई निरुत्साहित गर्दै माग बढी हुने साँझ र बिहान विद्युत खपत बढी गर्ने हिटर, वासिङ मेसिन, आइरन, पानी तान्ने पम्पलगायतका विद्युतीय उपकरण प्रयोग नगरी ‘उज्यालो नेपाल’ बनाउने अभियानमा सहयोग गर्न पनि प्राधिकरणले सबै ग्राहकसँग आग्रह गरेको छ ।

Leave a Reply

Top
error: Try Again!!! Something went wrong!!!