You are here

लालबाबु पण्डित भन्छन्– सबै विदेश गए देश कसले बनाउँछ ?

काठमाडौँ — पूर्वमन्त्री लालबाबु पण्डितले अरुको मुलुकको विकासमा रमाउनेहरुलाइ परजिवीको संद्दा दिंदै नेपालको भविष्य पनि सुखमय हुने विश्वास व्यक्त गरेका छन् । पूर्वमन्त्री लालबाबु पण्डितले अरुको मुलुकको विकासमा रमाउनेहरुलाइ परजिवीको संद्दा दिंदै नेपालको भविष्य पनि सुखमय हुने विश्वास व्यक्त गरेका छन् ।

 

‘अरुको स्वर्गमा रमाउनेहरु प्यारासाइट हुन्,’ नेपालमा पहिलो पटक खोलिएको डाइट थेरापी क्लिनिकले गरेको सम्मान कार्यक्रममा पण्डितले भने, ‘मुलुक आफ्नै जीवनकालमा बनाउने हो, अनि रमाउने हो।’

देशलाई गाली गर्दै विदेश जानेहरुले केहि गर्न नसक्ने भन्दै दक्ष जनशक्तिलाई स्वदेशमै योगदान गर्न अपिल गरे। ‘मुलुकको विकासका लागि दक्ष जनशक्ति चाहिन्छ, ती सबै विदेश गए भने देशको विकास कसरी हुन्छ?’ उनले भने।

पण्डितले अब मुलुकमा स्थिर सरकार बन्ने बताउँदै त्यसपछि विकासले गति लिने बताए। उनले भने– ‘नेपाल स्रोत र साधनका हिसाबले उत्कृष्ट मुलुक हो, स्रोतको उचित उपयोग गर्दै समृद्ध नेपाल बनाउने जिम्मा हाम्रो काँधमा छ।’

कार्यक्रममा खोटाङका सांसद विशाल भट्टराईलाई पनि सम्मान गरिएको थियो।

डाइट थेरापी क्लिनिकले गरेको तीन दिने कार्यशालामा अष्ट्रेलियन डाइटिसियनले पनि प्रशिक्षण दिएको संस्थाका प्रमुख पोषणविद् केपी लम्सालले जानकारी दिए।

साभार www.kantipurdaily.com

Leave a Reply

Top
error: Try Again!!! Something went wrong!!!