You are here

रामहरि र यज्ञराजको रोचक प्रतिस्पर्धा

ओखलढुंगा मंसिर २२, २०७४-यहाँको प्रतिनिधिसभातर्फ सबैले चासो राखेका प्रतिस्पर्धी उम्मेद्वार रामहरि खतिवडा र यज्ञराज सुनुवार बिचको प्रतिस्पर्धा रोचक बनेको छ । बिहीबारदेखि भएको मतगणनाको नतिजा सुन्न मतगणनास्थल जिल्ला समन्वय समिति गेट बाहिर बाक्लो भीड लागेको छ ।

प्रदेश सभा ‘क’ क्षेत्रभित्र पर्ने लिखु, सुनकोशी, मानेभन्ज्याङ र चम्पादेवी गाउँपालिकाको मत गनिसक्दा वाम गठबन्धन अन्तर्गत एमालेका उम्मेद्वार यज्ञराज सुनुवारले ३ सय ९ मतले अग्रता लिएका छन् । सुनुवारले १४ हजार ९ सय ८५ मत प्राप्त गरेका छन् । काँग्रेसका रामहरि खतिवडाले १४ हजार ६ सय ७६ मत प्राप्त गरेका छन् ।

अब प्रदेशसभा ‘ख’ क्षेत्र भित्र पर्ने गाउँपालिका र नगरपालिकामा मतगणना शुरु हुने भएको छ । मतगणना भईसकेको क्षेत्र साविकको निर्वाचन क्षेत्र २ हो । जहाँबाट खतिवडा ०७० सालको संविधानसभामा निर्वाचित भएका थिए । सो क्षेत्रबाट खतिवडाले अग्रता लिने अनुमान गरिएपनि सुनुवारले अग्रता कायम राखेपछि काँग्रेस निकटहरुले अनुमान गरेभन्दा मत प्राप्त नगरेको बताएका छन् ।

अब गणना हुने क्षेत्र भने साविकको निर्वाचन क्षेत्र १ हो । जहाँबाट यज्ञराज सुनुवारले ०७० सालको संविधानसभामा प्रत्यक्ष जितेका थिए । अब त्यसक्षेत्रबाट जसले मत अग्रता लिन्छन् उनैले जित्ने सम्भावना बढेर जानेछ ।

प्रदेशसभा ‘क’ को मत परिणाम भने जितको नजिकतर्फ गईसकेको छ । एमालेका उम्मेद्वार अम्बिरबाबु गुरुङले १३ हजार २ सय ६ मतले अग्रता लिएका छन् । उनका प्रतिद्वन्द्धी काँग्रेसका मित्रसेन दाहालले ७ हजार ९ सय ९० मात्र प्राप्त गरेका छन् । फराकिलो मत अन्तर भईसकेकोले काँग्रेसले जित्ने सम्भावना घटेको काँग्रेसकै नेताहरुको भनाई छ ।

प्रदेशसभामा भने ‘क’ को गणना सकिएपछि मात्र ‘ख’ को गणना थालिने मूख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मतगणनाको तिव्रतालाई हेर्ने हो भने शनिबार राती सम्ममा अन्तिम परिणाम आईसक्ने अनुमान छ

 

Leave a Reply

Top
error: Try Again!!! Something went wrong!!!