You are here

यी तस्वीरमा नियाल्नुहोस् ६५ वर्षअघिको काठमाडौं

काठमाडौं । ६५ वर्षअघिको नेपाल कस्तो थियो ? तपाईं अनुमान गर्नुस् त ? त्यसबेलाको नेपालका तस्बिर हेर्दा अहिलेको काठमाडौं कुनै गाउँजस्तो मात्रै देखिन्छ । सजिलैसित खुट्टा टेक्न पनि मुस्किल पर्ने सहर, साँघुरा बाटाघाटा, गगनचुम्बी घर, उराठलाग्दो काठमाडौं अहिलेको दृश्य हो । त्यसबेला काठमाडौंमा जताततै जंगल, खुला चउर, खाली जग्गामा गाईबस्तु, सवारीका नाममा कतै–कतै साइकल अनि एकाध देखिने पुरानो मोडेलका गाडी, खेतीपाती गरिरहेका मानिस, खुला ठाउँमा बैठक गरिहेका मानिस आदि–आदि ।

तस्बिर हेर्दा काठमाडौं कुनै गाउँघरजस्तो देखिन्छ । त्यहाँको जनजीवन नेपालको कुनै पहाडी गाउँको भन्दा फरक देखिँदैन । यी त्यसबेलाको काठमाडौंको शब्द–चित्रण हो । यी तस्बिर हेरेपछि एकपटक जो कोहीले काठमाडौं पनि यस्तो थियो होला र भन्ने साच्न सक्छ । दशकतिर फोटोग्राफर टोनी हेगनले नेपालका विभिन्न ठाउँमा खिचेका प्राचीन नेपाल झल्काउने तस्बिर गुगलबाट लिएर हामीले यहाँ प्रस्तुत गरेका छौं । 

Leave a Reply

Top
error: Try Again!!! Something went wrong!!!