यस्तो ढंगले कांग्रेस टिक्न नसक्ने नेता केसीको भनाई

कांग्रेसका नेता अर्जुननरसिंह केसीले निर्वाचनको प्रारम्भिक परिणाम कांग्रेसका लागि निराशाजनक रहेको भन्दै पार्टी नेतृत्वले यसको गम्भिर समीक्षा गर्नुपर्ने बताएका छन् । नेता केसीले परिणामको वस्तुपरक समीक्षा गर्नुपर्ने बेला आएको बताए । केसीले पार्टी सञ्चालनका सन्दर्भमा नेतृत्व धेरै ठाउँमा चुकेको टिप्पणी गर्दै अब कांग्रेसलाई नयाँ ढंगले चलाउनुपर्ने बताए ।

मतगणना जारी रहँदा नुवाकोट २ मा दुई हजार भन्दा बढी मतान्तरले पछि परेका नेता केसीले निर्वाचनको प्रारम्भिक परिणाम कांग्रेस र लोकतन्त्रवादीका लागि चुनौतिका रुपमा देखा परेको टिप्पणी गरेका छन् ।

यद्यपि नुवाकोट क्षेत्र नम्बर २ मा भने आफूले हार स्वीकार गरिनसकेको केसीले बताए । एमालेका नारायण खतिवडासँग २१ सय मतान्तरले पछि परिरहेका केसीले अझै धेरै मत गन्न बाँकी रहेकाले हार स्वीकार नगरेको बताए ।

उनले भने– ‘यो ढंगले कांग्रेस टिक्न सक्दैन । अब नयाँ ढंगले सोच्नुपर्छ । पार्टी सञ्चालनका विधिहरुका बारेमा गम्भीर समीक्षा गर्नुपर्छ । हामी कहाँनिर चुक्यौं भनेर पार्टीमा छलफल गर्नुपर्छ, अहिले आरोप प्रत्यारोपको बेला होइन ।

Leave a Reply

Top
error: Try Again!!! Something went wrong!!!