You are here

म्यानचेस्टर सिटीको अग्रता अझ फराकिलो

लन्डन — म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा आफ्नो अग्रतालाई अझ फराकिलो बनाएको छ । उसले शनिबार रातिको खेलमा बर्नमाउथलाई सजिलै ४–० ले हरायो ।

यो लिगमा म्यानचेस्टर सिटीको लगातार १७ औं जित हो। यसमा अर्जेन्टिनी खेलाडी सर्जियो अगुराले दुई गोल गरे। यस्तै रहिम स्टर्लिङ र ड्यानिलोले एक एक गोल गरे।

अर्को खेलमा म्यानचेस्टर युनाइटेड लेस्टर सिटीको हातबाट २–२ को बराबरीमा रोकिएपछि म्यानचेस्टर सिटीलाई फाइदा पुगेको हो। म्यानचेस्टर सिटीको ५५ अंक भएको छ भने दोस्रो स्थानमा म्यानचेस्टर युनाइटेड ४२ अंकमै सीमित रह्यो।

शनिबार रातिका अरु खेलमा टोटनहमले बर्नलीलाई ३–०, न्युकासल युनाइटेडले वेस्ट ह्यामलाई ३–२, स्टोक सिटीले वेस्ट ब्रुमलाई ३–१ र ब्राइटनले वाटफोर्डलाई १–० ले हरायो।

एभरटन र चेल्सीले ०–०, साउथह्याम्पटन र हडर्सफिल्डले १–१ तथा स्वान्सी र क्रिस्टल प्यालेसले १–१ को बराबरी खेले।

 

Leave a Reply

Top
error: Try Again!!! Something went wrong!!!