You are here

म्याग्दी र बझाङमा एमाले निर्वाचित

मंसिर २२, २०७४-प्रतिनिधिसभा निर्वाचनको घोषित परिणामअनुसार एमालेले थप दुई स्थान जितेको छ ।

म्याग्दीमा एमालेका भूपेन्द्रबहादुर थापा र बझाङमा एमालेकै भैरवबहादुर सिंह निर्वाचित भएका छन् । म्याग्दीमा थापालदे २३ हजार ३ सय ८ मत पाउँदा कांग्रेसका खमबहादुर गर्बुजाले २० हजार ९ सय ८० मत पाए ।

बझाङमा एमालेका सिंहले ३४ हजार ६ सय १२ मत पाउँदा कांग्रेसका पृथ्वीबहादुर सिंहले २६ हजार ९ सय १० मत पाए ।

संविधानसभाले जारी गरेको संविधानअनुसार बिहीबार प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न भएसँगै झन्डै १२ वर्ष लामो संक्रमणकाल सकिएको छ ।

संघीय संरचनाअनुरूप संघ र प्रदेश तहमा जनप्रतिनिधिमूलक संस्था चयनका लागि भएको यो निर्वाचनबाट जनताले आफ्ना निर्वाचित प्रतिनिधिमार्फत जारी गरेको संविधानसमेत अनुमोदन गरेका हुन् ।

निर्वाचन परिणामलगत्तै हुने नयाँ सरकार गठन, संघीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभाको निर्वाचन र राष्ट्रपति–उपराष्ट्रपति चयनले संक्रमणकालका अवशेषसमेत समाप्त पार्नेछ ।

 

 

Leave a Reply

Top
error: Try Again!!! Something went wrong!!!