You are here

माओवादी केन्द्रका अध्यक्ष दाहाल चितवन– ३ बाट निर्वाचित

मंसिर २५, २०७४-माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल चितवन– ३ बाट निर्वाचित भएका छन् । राप्रपा प्रजातान्त्रिकका महामन्त्री विक्रम पाण्डेलाई ९ हजार मतान्तरले हराउँदै दाहाल निर्वाचित भएका हुन् ।

दाहालले ४८ हजार २ सय ६९ मत पाउँदा पाण्डेले ३८ हजार ९ सय ४२ मत पाए । दाहाल एमालेसहितको वाम गठबन्धनका उम्मेदवार हुन् भने पाण्डेलाई कांग्रेसको समर्थन थियो ।

दाहाल ०६४ सालको संविधानसभामा काठमाडौं– १० र रोल्पा– २ बाट निर्वाचित भएका थिए भने २०७० सालमा सिरहा– ५ बाट जितेका थिए ।

Leave a Reply

Top
error: Try Again!!! Something went wrong!!!