You are here

‘मलाई सनी लियोनीसँग दाँज्नु गलत हो’ अदिती बुढाथोकी

भारतीय म्यूजिक भिडियो हुँदै युवा स्टार अनमोल केसी अभिनीत फिल्म ‘कृ’मा काम गरेकी नायिका अदिती बुढाथोकी नेपालभन्दा बढी भारतमा बसोबास गर्ने गर्छिन् । बलिउडमा इन्ट्री मार्ने तयारी गरिरहेकी अदितीको ‘कृ’ पहिलो नेपाली फिल्म हो ।केहीदिन अगाडि एउटा भारतीय मिडियाले अदितीलाई सनी लियोनीसँग दाँज्दै एक खबर प्रकाशन गरेको थियो । बलिउडमा जम्दै गरेका कारण अदिती भारतीय मिडियामा छाउनु अनौठो थिएन तर बलिउडकी ुहटु नायिका सनी लियोनीसँग दाँजिएपछि भने उनको चर्चा झन चुलियो । भारतीय मिडियाले भिराएका ट्याग अदितीलाई भने कस्तो लाग्यो |

शुक्रवार ‘कृ’को ट्रेलर रिलिज कार्यक्रममा पहिलो पटक मिडिया फेस गरेकी अदितीले भनिन्, ‘मलाई सनी लियोनीसँग दाँजेकोमा दुःखी छु । म सधै अदिती बुढाथोकीको रुपमा आफूलाई परिचित गराउन चाहन्छु ।’ ट्रेलर रिलिज कार्यक्रममा नायक अनमोल केसीले पनि अदितीको कामको खुलेरै प्रशंसा गरे । अनमोल भन्छन्, ‘अदिती निकै मिहिनेत गर्छिन् । म उनको कामबाट प्रभावित छु ।’

डेब्यू फिल्म नै अनमोलसँग स्क्रिन शेयर गर्न पाउनु आफैंमा सबैभन्दा ठूलो सफलता हो । अनमोलसँग काम गरेका नायिकालाई आज नेपाली फिल्ममा सर्वाधिक व्यस्त र सफल नायिकाको हेरिन्छ ।

अदितीको काम धेरथोर ‘कृ’ ट्रेलरमा देखिएपनि फिल्म रिलिजपछि मात्र उनको आगामी फिल्मी करिअरको बाटो निर्धारण हुन्छ । तर, अनमोलसँग जोडी बाँधिएदेखि भने अदिती नेपाली मिडियामा खुब छाएकी छिन् ।

Leave a Reply

Top
error: Try Again!!! Something went wrong!!!