You are here

मनमैंजुमा सेनाले पार्‍यो बम निस्क्रिय

मंसिर २०, २०७४-काठमाडौंको तारकेश्वर नगरपालिका-१० मनमैजुमा फेला परेको प्रेसर कुकर बम सेनाले निस्क्रिय पारेको छ । बुधबार बिहान मनमैंजु गणेशस्थान नजिकै निलो प्लाष्टिक भित्र शंकास्पद वस्तु देखेपछि बम रहेको आशंकामा स्थानीयले सुरक्षा निकायलाई खबर गरेका थिए ।

काठमाडौंको तारकेश्वर नगरपालिका-१० मनमैजुमा शंकास्पद वस्तु फेला परेको छ । गणेशस्थान नजिकै प्रेसर कुकर देखिएको महानगरीय प्रहरी बालाजु वृत्तका एक अधिकृतले बताए ।

सूचना पाएलगत्तै सेनाको बम डिस्पोजल टोली घटनास्थल पुगेको थियो । सेनाले करिव साढे ११ बजेतिर बम निस्क्रिय पारेको छ । (रासस)

Leave a Reply

Top
error: Try Again!!! Something went wrong!!!