You are here

मतदान गर्न जानेक्रममा डोटीमा एक महिलाकाे मृत्यु

डोटी, मंसिर २१ – डोटीमा मतदान गर्न जानेक्रममा एकजना बृद्ध महिलाको मृत्यु भएको छ । खापरमाण्डौं आधारभुत विद्यालय कोटसलेना रहेको मतदान केन्द्रमा मतदान गर्न जानेक्रममा पूर्वीचौकी गाउँपालिका ७ तिमुरदहकी ७५ वर्षीया मुनादेवी कामीको मृत्यु भएको हो ।

मृतक महिला दमको रोगी भएकाले उकालोबाटो हिड्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।

याे पनि पढ्नुहाेसः
स्वतन्त्र मधेस गठबन्धनका संयोजक सीके राउतलाई धनुषा प्रहरीले पक्राउ गरेको छ । उनलाई जनकपुरस्थित डेराबाट बिहान १० बजे पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख एसपी चक्रबहादुर सिंहले जानकारी दिए ।

उनले टेलभिजनमा प्रत्यक्ष प्रसारणमार्फत् मधेसका जनतालाई चुनावमा सहभागी नहुन आह्वान गर्दै थिए । प्रत्यक्ष प्रसारणमा रहेकै बेला उनलाई प्रहरीले पक्राउ गरेको हो ।

राउतको स्थायी घर सप्तरी भएपनि उनी जनकपुर बस्दै आएका छन् । उनको गाउँमा अहिलेसम्म कुनै मत नखसेको बताइएको छ।

Leave a Reply

Top
error: Try Again!!! Something went wrong!!!