ब्याक्टेरियाबाट चार्ज हुने ब्याट्री तयार

एजेन्सी, मङ्सिर २६
बेलायतमा ब्यक्टेरीयाबाट चार्ज हुने ब्याट्रीको आविष्कार भएको छ । बेलायतको बिंघम्टन विश्वविध्यालयका वैज्ञानिकको प्रयासबाट यो सम्भव भएको हो । यो ब्याट्रीलाई शरीरमा पहिरनका रुपमा लगाउन मिल्ने ग्याजेटमा रुपान्तरण गर्ने उनीहरूको योजना छ । विश्वविध्यालयका इलेक्ट्रिकल तथा कम्प्युटर साइन्स विभागका प्राध्यापक सिओन्के चोईको नेतृत्वमा रहेको अनुसन्धानकर्ताको समूहले बनाएको फाइबरमा आधारित बायो ब्याट्री कागजमा आधारित माइक्रोबायल फ्युलसेलजस्तै प्रचुर उर्जा उत्पादन गर्न सक्षम रहेको बताइन्छ ।

यस ब्याट्रीलाई मोडेर वा तन्काएर विध्युतीय उर्जा प्राप्त गर्न सकिन्छ । अन्वेषकहरू फ्लेक्जिबल तथा स्ट्रेचेबल बायो ब्याट्री नविकरणीय एवं वातावरणमैत्री हुनुका साथै यसले रियल टाइम इन्फर्मेसन प्रदान गर्दछ । यस्ता ब्याट्रीलाई विभिन्न प्लाटर्ममा प्रयोग गर्न मिल्छ । माइक्रोबायल फ्युलसेल शरीरमा लगाएर हिंड्न मिल्ने ग्याजेटमा प्रयोग हुने इन्जाइममा आधारित फ़्युलसेलको राम्रो विकल्प हो । यसले बायोक्याटालिस्ट्का रूपमा उर्जा दिने भएकाले यो दिगो र भरपर्दो हुन्छ ।

यस्तो कोषले मानिसको शरीरबाट निस्कने पसिनालाई इन्धन उत्पादनको स्रोतका रुपमा लिन्छ ।पसिनामा  उर्जा उत्पादनका लागि चाहिने ब्याक्टेरिया पर्याप्त मात्रामा पाइन्छ । अनुसन्धानले मानव शरीरमा प्रचुर मात्रामा पाइने ब्याक्टेरियल सेल उर्जाको स्रोत भएको देखाएको छ । शरीरमा कोशिकाभन्दा बढी संख्यामा ब्याक्टेरियल सेल पाइन्छ ।

Leave a Reply

Top
error: Try Again!!! Something went wrong!!!