You are here

फेसबुकमा राष्ट्रपति भण्डारीलाई गाली गर्ने त्रिचन्द कलेजका विद्यार्थी बानियाँ पक्राउ

काठमाडौं । फेसबुकमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई अपशब्द लेखी गाली गर्ने त्रिचन्द कलेजका विद्यार्थी विवेक बानियाँ पक्राउ परेका छन् । बिहीबार दिउँसो बानियाँलाई कलेज हाताबाटै प्रहरीले पक्राउ गरेको हो।

पक्राउ परेका विद्यार्थी नेपाल विद्यार्थी संघ निकट रहेका छन्। बानियाँको रिहाईको माग गर्दै नेविसंघले आन्दोलन गरेको छ। नेविसंघले क्याम्पसमा तालाबन्दी, तोडफोड गर्नुका साथै सडक समेत अवरुद्ध पारेको छ।

बानियाँलाई तत्काल रिहाई नगरे सशक्त आन्दोलन गर्ने नेविसंघ त्रिचन्द्र कलेज एकाई सदस्य सहदेव खत्रीले चेतावनी पनि गराएका छन् ।

Leave a Reply

Top
error: Try Again!!! Something went wrong!!!