फेरी बढ्याे पेट्राेलियम पदार्थकाे मूल्य

काठमाडौं । देउवा सरकारले फेरी पेट्राेलियम पदार्थकाे मूल्य बढाएकाे छ  । केही दिन अगाडि मात्रै पेट्रोलियम पदार्थको मूल्य बढाएको नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा पुन मूल्यबृद्धि गरेको हाे ।

निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर एक रुपैयाँ बढाएको हो । निगमले मूल्य बढाए पछि पेट्रोल प्रति लिटर १ सय १ तथा मट्टितेल र डिजेलको मूल्य प्रति लिटर ७८ पुगेको छ ।

अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य वृद्धि भएपछि पेट्रोलियम पदार्थको मूल्य बढाइएको आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए । मूल्यबृद्धि गर्दा पनि निगम मासिक २३ करोड घाटामा हुने प्रवक्ता गोइतले जानकारी दिए ।

Leave a Reply

Top
error: Try Again!!! Something went wrong!!!