प्रधानमन्त्री बन्न भारतले गरेको प्रस्तावको प्रचण्डले दिए यस्तो जवाफ

काठमाडौं, २ पुस । भारतको प्रस्तावमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल  प्रचण्डलाई प्रधानमन्त्री बन्न गरिएको  प्रस्ताव लाई प्रचण्डले ठाडै अस्विकार गरेको बुझिएको छ ।माओवादी सम्बद्ध एक नेताका अनुसार कांग्रेस, मधेस केन्द्रित दल र राप्रपाको समर्थनमा प्रधानमन्त्री बन्न भारतले गरेको प्रस्ताव प्रचण्डले अस्वीकार गरेको बताएकाछन्  ।

भारतीयहरुको बाम गठबन्धनले लिएको स्थान र सम्भावित एकतालाई भत्काउने षडयन्त्रको रुपमा यस्तो प्रस्ताव ल्याइएको  हुनसक्ने  र प्रस्तावको जवाफमा प्रचण्डले प्रधानमन्त्री को बन्ने भन्ने नेपालको आन्तरिक विषय भएकाले नेपालका दलहरु नै उक्त निर्णय गर्न सक्षम रहेको बताएका थिए । प्रचण्डले नेपालको अन्तरिक मामिलामा बाह्य हस्तछेप अस्वीकार्य रहेको र बाम गठबन्धनले निर्वाचनअघि नै एमाले अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्री बनाउने निर्णय गरिसकेकाले अबको प्रधानमन्त्री ओली नै हुने उनले भारतीय पक्षलाई स्पष्ट पारे ।

यसै बिषयलाई लिएर प्रधानमन्त्री देउबा गए शुक्रबार प्रधानमन्त्री भेट्न बालुवाटार पुुगेका प्रचण्डलाई प्रधानमन्त्री मान्न कांग्रेस तयार रहेको बताएका र जवाफमा प्रचण्डले अस्वीकार गरेको बाहिर आएको  छ ।

Leave a Reply

Top
error: Try Again!!! Something went wrong!!!