You are here

ताप्लेजुङमा आगलागी, आगलागीबाट लाखौको क्षति

ताप्लेजुङ । जिल्लाको आठराई त्रिवेणी गाउँपालिकामा मंगलबार एकै पटक तीन घरमा आगलागी हुँदा लाखौको क्षति भएको छ ।

आठराई त्रिवेणी गाउँपालिका ३ साविकको हाङ्पाङ ९ खुवामा दिउँसो करिब १ बजे लागेको आगोले स्थानीय रुपनारायण याक्सो, देवमान याक्सो र ईन्द्रकुमारी याक्सोको घर जलेर नष्ट भएको स्थानीय नरेन्द्र अधिकारीले बताए ।

घरमा कोही नभएको समयमा अचानक लागेको आगलागीको कारण घरसहित घरमा भएका लत्ताकपडा, खाद्यान्न, रुपनारायणको १० लाख, देवमान याक्सोको १२ लाख र ईन्द्रकुमारीको एक तोला सुन सहित १५ लाख बराबरको क्षति भएको प्रहरीले बताएको छ ।

घरका बालबालिका सबै विद्यालय गएको र अभिभावक पनि खेतमा काम गर्न गएकाले आगलागीको कारण खुल्न नसकेको प्रहरीले बताएको छ । घरमा जोडेको विद्युत सर्ट भई आगलागी भएको हुन सक्ने प्रहरी र स्थानीयको अनुमान रहेको छ ।

तीन वटै घरसँगै जोडिएकाले कुन घरबाट आगो लागेको भन्ने खुलेको छैन । आगलागी भए पछि मात्रै स्थानीय र प्रहरीलाई थाहा भएकाले आगोले सबै घर जले पछि आफै नियन्त्रणमा आएको स्थानीय नरेन्द्र अधिकारीले बताए ।

आगलागिका कारण विस्थापित तीन घरका १८ जनाको परिवारलाई छिमेकी मनकुमार याक्सो र भुपाल याक्सोको घरमा बस्ने व्यवस्था मिलाइएको छ भने नेपाल रेडक्रस सोसाइटी हाङ्पाङ् उपसाखाले राहत स्वरुपप्रति परिवार १० किलो चामल, दाल र तेल दिनुको साथै दोभान उपशाखाको सहकार्यमा पाल झिकाएर भोलि बुधबारबाट बस्ने व्यवस्था मिलाइको अधिकारीको भनाइ छ ।

यता जिल्ला विपत व्यववस्थापन समितिकाका संयोजक समेत रहनुभएका प्रमुख जिल्ला अधिकारी मोहन जिसिले आगलागिको क्षति अवस्था हेरी प्रतिपरिवार नगद १० हजार दिन सक्ने बताए ।

Leave a Reply

Top
error: Try Again!!! Something went wrong!!!