You are here

डोल्पा प्रदेशसभा क्षेत्र नं (क) मा एमालेका बुढा विजयी

दुनै, डोल्पा, २२ मंसिर : बिहीबार राति ९ः३० बजेबाट शुरु भएको प्रदेशसभा क्षेत्र नं १ (क) को मतगणना सम्पन्न भएको छ । वाम गठबन्धनबाट उम्मेदवार एमालेका नन्दसिंह बुढा पाँच हजार ४९० मत ल्याएर विजयी भएको मुख्य निर्वाचन कार्यालय डोल्पाले जनाएको छ । उहाँका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका बेगमसिंह ठकुरीले एक हजार २१३ मत ल्याएर पराजय हुनुभएको छ ।

उक्त निर्वाचन क्षेत्रमा जम्मा मतादाता आठ हजार २४३ मध्ये कुल खसेको छ हजार ७८६ मतमा छ हजार ७०३ मत सदर भएकोमा ८५ बदर भएको मुख्य निर्वाचन कार्यालयले जानकारी दिएको छ । (रासस)

 

Leave a Reply

Top
error: Try Again!!! Something went wrong!!!