You are here

टेलिकमको ‘विन्टर अफर’ भोलप्बाट, आकर्षक डाटा र एसएमएस प्याक न्युन शुल्कमा

जाडो मौसमका लागि नेपाल टेलिकमले विभिन्न प्रकारको प्याकसहित ‘विन्टर अफर’ ल्याएको छ । यो अफर पुस ७ गतदेखि सुरु भएर माघ २१ गते सम्म कायम रहनेछ । कम्पनीले विभिन्न प्रकारका डाटा प्याक र बोनसको रुपमा डाटा स्ट्रिमिङ प्याक समेत उपलब्ध गराएको छ । डाटा स्ट्रिमिङ प्याक युट्युब र वाउटाइम एप्समार्फत टिभी हेर्नका लागि प्रयोग गर्न सकिने छ ।

जिएसएम प्रिपेड/पोष्टपेड तथा सिडिएमए प्रिपेड/पोष्टपेड मोबाइलमा विन्टर अल टाइम डाटा प्याक प्रयोग गर्न सकिन्छ ।

विन्टर अल टाइम डाटा प्याक अन्तर्गत १२ रुपैयाँमा तीन दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी २५ एमबी डाटा र एक दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी २५ एमबी डाटा स्ट्रिमिङ प्याक बोनसको रुपमा उपलब्ध गराइएको छ ।

त्यसैगरी ६० रुपैयाँमा १४ दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी १५० एमबी डाटा र ३ दिनसम्म उपभोग गर्न पाउने गरी १५० एमबी डाटा स्टि्रमिङ प्याक बोनसको रुपमा उपलब्ध गराइएको छ ।

१२० रुपैयाँमा २८ दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी ५०० एमबी डाटा र ५ दिनसम्म उपभोग गर्न पाउने गरी ५०० एमबी स्टि्रमिङ प्याक बोनसको रुपमा उपलब्ध गराइएको छ ।

यो प्याक लिनका लागि WIN25MB, WIN150MB वा WIN500MB लेखेर १४१५ मा एसएमएस पठाउनु पर्छ ।   यो सामग्री news24 nepal बाट साभार गरिएको हो !

Leave a Reply

Top
error: Try Again!!! Something went wrong!!!