You are here

जाडो मोषममा छाला र ओंठ फुट्नबाट जोगाउने घरेलु तरिका यस्तो छ

जाडोमा धेरैजनाको छाला फ्रुस्रो हुने समस्या हुन्छ । जाडोको यो चिसोले छाला तथा ओठ फुट्ने, सुख्खा हुने र चायाँ आउने समस्या पनि हुन्छ ।

छाला विज्ञका अुनसार, चिसोबाट हुने एलर्जीले सबैको छाला फुस्रो र फुट्ने गर्छ भने प्रौढहरुमा थाइराइडको असन्तुलनका कारण अनुहारको छालामा विभिन्न प्रकारका समस्या आउन सक्ने जानकारी दिएका छन् । त्यसैगरी किड्नी तथा कलेजोका समस्या भएका वृद्धवृद्धालाई पनि जाडो मौसममा छाला फुट्न समस्या देखापर्दछ ।

बालकदेखि वृद्धवृद्धासम्म पीडितहरुलाई यो समस्याबाट जोगिने उपायहरु यस्ता रहेका छन् –

घिउ वा तेलमा तारेका खानेकुरा नखाने :
चिसो भएको बेलामा शरीरलाई तातो बनाउन तेलमा तारेको खानेकुरा खाने गर्छौं । तर, यसमा एन्टी–अक्सिडियन्टको मात्रा न्यून हुने भएकाले यसबाट छाला चिलाउने लगायतका समस्या देखा पर्छन् । तसर्थ, जाडोमा छालालाई स्वस्थ बनाउन स्वभाविक चिल्लोयुक्त खानेकुरा खानुपर्छ ।

जाडोमा चिसोबाट बच्नको निम्ति फलफूलहरु धेरै खाने गनुपर्छ । मौसमी फलफुलहरू जस्तै सुन्तला, स्ट्रेबरी, स्याउ, बदाम, ओखर, एप्रिकेट खाँदा छालामा चमक आउँछ । मुम्बईस्थित छाला तथा चर्म रोग विज्ञ डा. अपर्ना सान्थाना भन्छिन्, ‘जाडोको समयमा त्यस्ता फलफुल खानुहोस् जसले छालालाई सुख्खापन हुनबाट बचाई चिल्लो बनाउँछ ।’

जैतुन वा नरिवलको तेलमा बनाएको खानेकुराले पनि शरिरको स्वभाविक चिल्लोलाई थप सहयोग गर्ने भएका कारण जाडो महिनामा छाला सुख्खा भयो भने यसलाई निको हुन धेरै समय लाग्छ । त्यसैले मौसमी फलफूलबाट प्राप्त हुने एन्टि–अक्सिडेन्टले छालाका चायाँ लगायतका समस्याहरु निको पार्नुका साथै छाला कलिलो चम्किलो बनाउँदछ ।

Leave a Reply

Top
error: Try Again!!! Something went wrong!!!