You are here

चर्चित रियालिटी शो नेपाल आइडलकि प्रस्तोता रीमा र रोबर्टको डिभोर्स, रोबर्टले गरे बर्षासँग इन्गेजमेन्ट

मङ्सिर २३, काठमाडौँ । २ बर्ष अगाडि नायिका रीमा विश्वकर्माले बेलायतमा बस्दै आएका रोबर्ट बीकसँग बिहे गरेकी थिइन् ।

यी दुइको बिबाह काठमाण्डौको हायात होटलमा भएको थियो । हायात होटलमै आफन्त, चलचित्रकर्मी र केही पत्रकारलाई बोलाएर यी दुइले भव्य भोज समेत दिएका थिए ।

बिहेपछि रीमा कहिलेकाही बेलायत पनि पुग्थिन् । रीमा चलचित्र क्षेत्रमा नै व्यस्त भइन् भने बेलायतमा रोबर्ट आफ्नो काममा व्यस्त भए । रीमाले सामाजिक संजालमा रोबर्टको परिवारसँग बेलायत घुम्दै गरेको तस्बिर पनि पोष्ट गरेकी थिइन् ।

तर, पछिल्लो केही महिनायता रीमाको फेसबुकमा रोबर्ट र उनका तस्बिर आउन छाडेका थिए । रीमा एपीवन टेलिभिजनबाट प्रशारण भएको चर्चित रीयालिटी शो ‘नेपाल आइडल’मा बढी व्यस्त भइन् ।

यसैविच, अनलाइनखबरलाई एउटा तस्बिर प्राप्त भएको छ । जुन तस्बिरमा रीमा पति रोबर्टले बर्षा रसाइलीसँग इन्गेजमेन्ट गरेका छन् । केही म्यूजिक भिडियोमा समेत काम गरिसकेकी बर्षा मोरङकी हुन् भने उनी हाल काठमाण्डौमा बस्दै आएकी छिन् । रोबर्ट र बर्षाले इन्गेजमेन्ट गरेको तस्बिरबाट पनि प्रष्ट हुन्छ । via- onlinekhabar.com

Leave a Reply

Top
error: Try Again!!! Something went wrong!!!