You are here

चन्दा नदिएपछि काँँग्रेस कार्यकर्ताद्वारा गाडी तोडफोड

चितवन। चन्दा नदिएको बन्दै नेपाली काँँग्रेसका कार्यकर्ताले पूर्वी चितवनको रत्ननगर उद्योग बाणिज्य संघका अध्यक्ष राजाराम रेग्मीको गाडी तोडफोड गरेका छन् । गए राति आफ्नै घर अगाडी पार्कीङ गरेर राखेको ना. १५ च ६३५ नम्बरको कारमा काँग्रेस कार्यकर्ताले तोडफोड गरेका हुन ।

सेतोरंगको पल्सर मोटरसाईकलमा आएका दुईजना कार्यकर्ताले पार्किङ गरेर राखेको कारमा ढुंगा हानेर भागेका थिए । कारको पछाडीका सिसा पूर्ण रुपमा फुटेर क्षति भएको छ । अध्यक्ष रेग्मीका अनुसार नेपाली काँग्रेसका कार्यकर्ताले चुनाव खर्च भन्दै विगत केही महिनादेखि चन्दा माग्दै आएका थिए । रेग्मी अनुसार चन्दा नदिएकै आरोपमा आफुमाथी आक्रमण भएको बताए ।

यस अघि पनि विभिन्न ठाउँमा काँग्रेसका कार्यकर्ताहरुले फोन मार्फत पटक – पटक धम्क्याएका थिए । राजनीतिक दलको संरक्षणमा कार्यकर्ताहरुले व्यवसायीहरुलाई चन्दाको नाममा आतंकीत बनाउने कामगरेको भन्दै घटनाको न्योचित अनुसन्धान गर्न प्रहरी प्रशासनसँग अध्यक्ष रेग्मीले माग गरेका छन् ।

Leave a Reply

Top
error: Try Again!!! Something went wrong!!!