You are here

गौचन हत्याकाण्डका मुख्य आरोपी बस्नेत प्रहरीकोे फन्दामा

काठमाण्डौ । निर्माण व्यवसायी शरदकुमार गौचन हत्याका प्रमुख योजनाकार गुण्डा नाइके समिरमान सिंह बस्नेत पक्राउ परेका छन्। गौचनको गत असोज २३ गते राजधानीको शान्तिनगरस्थित प्रयागचोकमा गोली हानी हत्या भएको थियो।

गौचन हत्याकाण्डका मुख्य आरोपी भनिएका बस्नेतलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले भारतको बैंलोरबाट पक्राउ गरेको हो ।

प्रहरी उच्च स्रोतका अनुसार सिआईबीका डिआईजी पुष्कर काकीले खटाएको एक प्रहरी टोलीले उनलाई बैंलोरबाट पक्राउ गरेर नेपाल ल्याएको हो । सो टोली २ महिनादेखि भारतमा रहेको थियो ।

Leave a Reply

Top
error: Try Again!!! Something went wrong!!!