के प्रधानमन्त्री देउवाले अबको दुई तीन दिनभित्र पदबाट राजीनामा दिँदैछन् ?

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अबको दुई तीन दिनभित्र पदबाट राजीनामा दिने तयारीमा लागेको खुलासा भएको छ । अर्थराज्यमन्त्री एवं पूर्व डीआईजी नवराज सिलवालसँग चुनाव हारेका कांग्रेसका युवा नेता उदय सम्शेर राणाले यस्तो खुलासा गरेका हुन् ।

आफ्नो एक अन्तर्वार्तामा उनले भने( ‘पार्टी सभापति शेरबहादुर देउवाले एक दुई दिनभित्र प्रधानमन्त्री पदबाट राजीनामा दिनुहुन्छ । राजीनामा दिइसकेपछि कामचलाउ रुपमा सरकार केही दिन रहन्छ । र, हाउस ९सदन० बोलाइसकेर हाउसको बहुमतबाट नेतृत्व छानिसकेपछि नयाँ सरकार गठन हुन्छ । यो एउटा प्रक्रिया हो । हामी चाँडै सरकार छोड्छौं ।’

नेता राणाले ललितपुर १ बाट चुनाव जितेकामा नवराज सिलवाललाई बधाई समेत दिए । आगामी दिनमा ललितपुरको विकास र समृद्धिका सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता समेत उनले जनाए ।

Leave a Reply

Top
error: Try Again!!! Something went wrong!!!