You are here

काठमाडौं ९ को प्रारम्भिक मतपरिणाम सार्वजनिक, कृष्णगोपाललाई अग्रता

२२ मंसिर, काठमाडौं । काठमाडौं क्षेत्र नं. ९ को प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ ।

प्राप्त पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठले अग्रता कायम गरेका छन् ।

श्रेष्ठले १ हजार ७ सय ६५ मत ल्याउँदा कांग्रेस उम्मेदवार ध्यान गोविन्द रञ्जितले ९ सय ३५ मत प्राप्त गरेका छन् ।

विवेकशील साझा पार्टीका उम्मेदवार मिलन पाण्डेले ४ सय १६ मत प्राप्त गरेका छन् ।

काठमाडौं क्षेत्र नम्बर ७ मा एमालेले अग्रता लिएको छ । एमालेका उम्मेदवार रामवीर मानन्धर १ हजार ७१ मतसहित अग्रता लिनुभएको छ ।

उहाँलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका बिक्रमबहादुर थापाले ६२४ मतसहित पछ्याउदै हुनुहुन्छ ।
विवेकशील साझा पार्टीले ३ सय ३३ मत ल्याएको छ ।

काठमाडौं निर्वाचन क्षेत्र नं. २ को प्रारम्भिक मतपरिणम सार्वजनिक भएको छ ।

प्राप्त मत परिणाम अनुसार नेकपा एमालेका उम्मेदवार माधवकुमार नेपालले सुरुवाती अग्रता कायम गरेका छन् ।

 

नेपालले १ हजार ३४ मत ल्याउँदा कांग्रेस उम्मेदवार दिपक कुइँकेलले ४ सय ६७ मत ल्याएका छन् ।

त्यस्तै, विवेकशील साझा पार्टीका उम्मेदवार डा. सूर्यराज आचार्यले ४ सय २३ मत ल्याएका छन् ।

Leave a Reply

Top
error: Try Again!!! Something went wrong!!!