काठमाडौं ५ को मतगणना स्थगित

२२ मंसिर, काठमाडौं । काठमाडौं क्षेत्र नं. ५ को मतगणना स्थगित भएको छ । खसेको मतभन्दा १२ मत बढी भेटिएपछि मतगणना स्थगित भएको हो ।
काठमाडौं ५ को प्रारम्भिक मत परिणाम सार्वजनिक भएको छ । प्राप्त पछिल्लो अपडेट अनुसार एमाले उम्मेदवार ईश्वर पोखरेलले अग्रता कायम गरेका छन् ।

 

उनले ६ सय ८० मत ल्याएका छन् भने कांग्रेस उम्मेदवार प्रकाशशरण महतले २ सय ९८ मत ल्याएका छन् । त्यस्तै, विवेकशील साझाका उज्जवाल थापाले ८८ मत ल्याएका छन् ।

Leave a Reply

Top
error: Try Again!!! Something went wrong!!!