You are here

काठमाडौं ४ मा राजनलाई अग्रता, गगन पछ्याउँदै

२२ मंसिर, काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नं. ४ को प्रारम्भिक मतपरिणम सार्वजनिक भएको छ ।

 

प्राप्त मत परिणाम अनुसार नेकपा एमालेका उम्मेदवार राजन भट्टराईले सुरुआती अग्रता लिएका छन् ।

राजनले १ हजार २ सय ३९ मत ल्याउँदा कांग्रेसका उम्मेदवार गगन थापाले १ हजार ४१ मत ल्याएका छन् ।

विवेकशील साझा पार्टीकी उम्मेदवार सुबुना बस्नेतले ४३ मत ल्याएकी छिन् ।

काठमाडौं निर्वाचन क्षेत्र नं. २ को प्रारम्भिक मतपरिणम सार्वजनिक भएको छ ।

प्राप्त मत परिणाम अनुसार नेकपा एमालेका उम्मेदवार माधवकुमार नेपालले सुरुवाती अग्रता कायम गरेका छन् ।

 

नेपालले १ हजार ३४ मत ल्याउँदा कांग्रेस उम्मेदवार दिपक कुइँकेलले ४ सय ६७ मत ल्याएका छन् ।

त्यस्तै, विवेकशील साझा पार्टीका उम्मेदवार डा. सूर्यराज आचार्यले ४ सय २३ मत ल्याएका छन् ।

Leave a Reply

Top
error: Try Again!!! Something went wrong!!!