You are here

काठमाडौंका १ सय ४१ मतदानस्थल अतिसंवेदनशील सूचीमा

nirbachan aayog nepal

दोश्रो चरणको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन आउन ५ दिन बाँकी हुँदा सुरक्षा निकायले काठमाडौंका विभिन्न मतदान केन्द्रहरुलाई अतिसंवेदनशीलरुपमा हेरिएको जनाएको छ । सुरक्षा निकायले काठमाडौंका १ सय ४१ वटा मतदानस्थल संवेदनशील रहेको जनाउँदै मतदानस्थलको सुरक्षामा कडाई गरिने जनाएको हो ।

निर्वाचनको समयमा सुरक्षा निकायले सुरक्षा दिनुपर्ने स्थानकोबारेमा अध्ययन गर्दा उपत्यकाका १ सय ४१ वटा मतदानस्थललाई अतिसंवदेनशीलका रुपमा सूचीमा राखेको छ । मतदाताहरुले मतदान गर्ने स्थानमा कुनै अवाञ्छित गतिविधि हुन नदिनका लागि उल्लेख्य मात्रामा सुरक्षाकर्मी परिचालन गर्ने जनाइएको छ । र मतदानस्थल प्रदेश तथा प्रतिनिधिसभाको दोस्रो चरणमा हुने निर्वाचन सुरक्षाका दृष्टिले काठमाडौंका १ सय ४१ मतदानस्थललाई निर्वाचन आयोग र सुरक्षा संयन्त्रले संवेदनशीलको सूचीमा राखेको छ ।

काठमाडौंका ३ सय २० मतदानस्थलमध्ये संवेदनशील मानिएका १ सय ४१ मतदानस्थलमा सुरक्षा व्यवस्था कडा बनाइएको निर्वाचन आयोग र काठमाडौं जिल्ला सुरक्षा समितिले जनाएका छन् । यता निर्वाचन आयोगले उपत्यकामा नै सबैभन्दा धेरै सुरक्षा संयन्त्र रहेकाले प्रहरी परिचालन गर्ने गरि कुनै अवाञ्छित गतिविधि उपत्यकामा हुन नदिन समेत सबै सुरक्षा संयन्त्रहरुलाई निर्देशन दिएको छ ।

Leave a Reply

Top
error: Try Again!!! Something went wrong!!!