कम्प्युटरमा पोर्नोग्राफी भेटिएपछि बेलायती उपप्रधानमन्त्रीद्वारा राजीनामा

लण्डन । बेलायती प्रधानमन्त्री थेरेसा मेलाई बुधबार ठूलो झट्का लागेको छ । उनको निकट मानिएका क्याबिनेटका सदस्य तथा उपप्रधानमन्त्री ड्यामियन ग्रीनले पार्नोग्राफी प्रकरणमा क्याबिनेटबाट राजीनामा गर्न बाध्य भएपछि मेलाई झट्का लागेको हो ।

ग्रीनले उनको संसदीय कम्प्युटरमा पोर्नोग्राफी भेटिएको विषयमा सर्वसाधारणलाई झुक्याएको छानविनले ठहर गरेपछि उनले आफ्नो पदबाट राजीनामा गरेका हुन् ।

यौन दुर्व्यवहार र आचरणको अभियोगमा मेको क्याबिनेटबाट राजीनामा गर्ने ग्रीन दोस्रो मन्त्री हुन् ।

गत महिना क्याबिनेट सदस्य प्रिती पटेलले इजरायली अधिकारीहरुसँग गोप्य मिटिङ गरेको आरोपमा राजीनामा दिनुपरेको थियो ।

छानविनबाट ग्रीनले सन् २००८ मा उनको संसदमा रहेको कम्प्युटरमा पोर्नोग्राफी भेटिएको विषयमा ‘गलत र भ्रमपूर्ण’ वक्तव्य दिएको खुलासा भएको छ ।

राजीनामा पत्रमा ग्रीनले आफ्नो राजीनामा मागिएकोमा दुःख व्यक्त गर्दै आफ्नो हर्कतका लागि माफी मागेका छन् ।

मन्त्री पदमा राजीनामा दिए पनि उनी सांसदको रुपमा भने कायम रहनेछन् । एजेन्सी

Leave a Reply

Top
error: Try Again!!! Something went wrong!!!