ओली प्रधानमन्त्री बन्ने निश्चित भएपछि चिनियाँ राष्ट्रपति सी को भ्रमण सुचिमा पर्यो नेपाल

पुस । वाम गठबन्धनले दुईतिहाई बहुमत ल्यायी ओली प्रधानमन्त्री बन्ने निश्चित भएपछि चीनका चीनका राष्ट्रपति सी जिनपिङ नेपाल भ्रमण गर्न आउने संकेत देखिएको छ । चिनियाँ विदेश मन्त्रालयले राष्ट्रपति सी को नेपाल भ्रमणका लागि आवश्यक तयारी थालेको हो ।

यस अघि ओली प्रधानमन्त्री भएको समयमा ओलीले भारतले गरेको नाकाबन्दी समस्यामा  चिन  संग सुमधुर सम्बन्ध स्थापित गरी विश्वास जितेका थिए  एमालेका एक नेताका अनुसार चिनियाँ राष्ट्रपति सी आगामी मार्च वा अप्रिल महिनामा नेपाल भ्रमणमा आउने धेरै सम्भावना रहेको र  सीले भ्रमण गर्ने देशहरुको सूचीमा नेपाललाई पनि राखेको साथै त्यसै अनुसार  तयारी भइरहेको जानकारी चिनियाँ दूतावासले दिएको छ ।

प्रभावशाली राष्ट्र एबम छिमेकी देश चीनको रास्ट्रपति आउने  जानकारीपछि एमाले र माओवादीका नेताहरु उत्साहित एबम   स्वागतको लागि तयारीमा जुट्न तत्पर रहेको बताइएको छ ।

Leave a Reply

Top
error: Try Again!!! Something went wrong!!!