You are here

‘ओलीको बञ्चरोले नतासेकाे कर्कलो’

२४ मंसिर २०७४, गोरखा । नारायणकाजी श्रेष्ठलार्इ मत माग्न गाेरखा २ अाएका एमाले अध्यक्ष केपी शर्मा अाेलीले नयाँ शक्ति पार्टी र बाबुरामलार्इ उनकै किल्लामा पुगेर कर्कलाेकाे संज्ञा दिए । अाेलीकाे व्यंग्य वाणमा शब्द चयन एक पूर्वप्रधानमन्त्री बिरूद्ध गलत थियाे भन्दै अालाेचना पनि भए । अाेलिकाे उक्त भनार्इप्रति भट्टरार्इले कुनै टिप्पणी गरेनन् जवाफ निर्वाचन परिणामले दिनु पर्दथ्याे ।

शनिवार घाेषणा भएकाे गाेरखा २काे मत परिणामले भन्याे गाेरखामा नयाँ शक्ति र बाबुरामलार्इ अाेलिकाे बन्चराेले तास्न सकेन । उनी प्रतिस्पर्धीलार्इ साँढे ६ हजार मतान्तरले पछि पार्दै विजयी हुन सफल भए ।

बाबुराम भन्छन् : मुद्दाको आधारमा जो कसैसंग सहकार्य गर्छौं

नयाँ शक्ति पार्टी नेपालका संयोजक तथा गोरखा २ का प्रतिनिधि सभाका सदस्य डा. बावुराम भट्टरार्इले कांग्रेससंग चुनावमा मात्र तालमेल गरेकाले त्यो तालमेल चुनाव सकिएसगै सकिएको बताएका छन् । उनले मुद्धाका आधारमा जो कोहीसग सहकार्य हुन सक्ने स्पष्ट पारे ।

खसेको ६० हजार ११७ मतमध्ये भट्टराईले ३१ हजार आठ सय सात मत र श्रेष्ठले २४ हजार नौ सय ३३ मत ल्याएका छन्। दुई हजार छ सय ३८ मत बदर भएको छ। निर्वाचन अधिकृतको कार्यालय गोरखाले शनिबार नै काठमाडौंबाट गोरखा झरेका भट्टराईलाई विजयी भएको प्रमाणपत्र दिइसकेको छ।

जिल्ला प्रशासन कार्यलय गोरखाको मिडिया सेन्टरमा आयोजित एक पत्रकार सम्मेलनमा बोल्दै उनले भने “हामी कुनै गठबन्धनमा छैनौं, हामी वाम गठबन्धनमा पनि जांदैनौं, यतापट्टीको गठबन्धनमा पनि जाँदैनौं। त्यसैले मुद्दाको आधारमा जो कसैसंग सहकार्य भने गर्छौं” । नयाँ शक्ति पार्टी छोटो समयमा राम्रो प्रगति भएको दाबी गर्दै उनले भने गोरखा २ मा निर्वाचित गराउन नयाँ शक्ति पार्टी र नेपाली कांग्रेसको योगदान अमूल्य रहेको उनले तर्क गरे।

२०६४ सालमा भएको पहिलो संविधान सभामा गोरखा २ मा ४६ हजार मत ल्याएर चर्चामा आएका बावुराम, २०७० सालमा आएर गोरखा क्षेत्र न १ बाट निर्वाचित भए । २०७३ साल असोज ९ गते तत्कालीन माओवादी केन्द्रसँग अलग भएका भट्टरार्इ त्यसपछि नयाँ शक्ति पाटि गठन गरे । त्यसपछि बाबुरामको भोट बैङ्क भनेर चिनिएको पालुङटार क्षेत्र र गोरखा २ का अधिकांश क्षेत्रमा बाबुराम पुराना अनुहार थिएन् त्यसैले पनि उनलार्इ जितका लागि सहज भएको जिल्लाका राजनीतिक बिश्लेषकहरू बताउँछन् ।

०७३ साल असोज ९ गते उनले दोस्रो संविधान सभाको सांसद पदबाट राजीनामा दिए । उनले त्यस समय भनेका थिए ” म पार्टीमा नै रहिन् त्यसैले पनि अब म माओवादीबाट निर्वाचित भएको मान्छे जनताको तलव भत्ताबाट तलव किन खानु भनेर मैले सांसदबाट राजीनाम दिए ।

पहिलो र दोस्रो संविधान सभाबाट निर्वाचित भएपछि हरेक महिना गोरखा आउने क्रम अब पनि जारी रहेको भन्दै उनले भने ” म २ चोटी गोरखाबाट निर्वाचित भए, निर्वाचित भए पछि हरेक महिना १ दिन जनताको घरमा बस्ने, सुख दुःख पीरमर्का बुझ्ने र सम्बन्धित निकायमा समस्याहरू समाधानका लागि पहल गर्ने कार्य अब पनि जारी रहन्छ, म र हरिशरण जी (गोरखा २ प्रदेश सभा क बाट निर्वाचित) यो प्रतिज्ञा व्यक्त गर्दछौ ।

देशमा दिगो शान्ति, सम्बुद्वि , सुशासन र समाबेशिकता ल्याउन नयाँ शक्ति पाटी संसदमा रहेर मेरो भुमिका रहने छ । विगतका दिनहरूमा कुनै पनि एक वा गठबन्धनले बहुमत ल्याउदैमा देशमा स्थिरता आउछ भन्ने छैन, अहिले पुराना राजनितिक दलहरूले गठबन्धन बनाएर स्थिरता दिने कुरा चाँहि गरेका छन् तर त्यो सम्भव हुन्, उनले भने । संसदीय व्यबस्थामा रहेका राजनीतिक दलका गठबन्धनले बहुमत ल्याउँदैमा स्थिरता आउन्न।

वर्तमान शासकीय प्रणालीले स्थिरता नदिने खतरा हुन्थ्यो। त्यसैले गठबन्धनबाट स्थिरता आउँछ कि भनेर जनताले दुईवटा पुराना शक्तिहरु मध्ये एउटालाई अवसर दिनु स्वाभाविक नै हो” उनले भने । अहिलेको निर्वाचनमा आफुहरुको लक्ष्य राष्ट्रिय पार्टी बन्ने रहेको बताउदै संसदमा सकरात्मक भूमिका खेल्ने स्पष्ट पारे ।

Leave a Reply

Top
error: Try Again!!! Something went wrong!!!