You are here

उम्मेदवारको घरमा प्रेसर कुकर बम

अछाम : अछाम जिल्ला क्षेत्र नं २ क प्रदेशसभाका उम्मेदवार सुरतबहादुर बिष्टको घरमा प्रेसर कुकर बम फेला परेको छ।

सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गराउदा कुकरभित्र माटो भरेको अवस्थामा भेटिएको उम्मेदवारका छोरा लब बिष्टले जानकारी दिए ।

कांग्रेस उम्मेद्धार बिष्टको घरको सिडीमा बिहान ३ बजे तिर बम फेला परेको थियाे । निर्वाचनलाई लक्षित गरी अज्ञात समूहले बिष्टको घरमा बम राखेको हुन सक्ने प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक दधीराम न्यौपानेले थप अनुसन्धान भइरहेको जानकारी दिए। अन्नपूर्ण पोस्टबाट

Leave a Reply

Top
error: Try Again!!! Something went wrong!!!