You are here

आफ्नो आमाको फोटो अपलोड गर्दै महानायक राजेश हमालले लेखे यस्तो स्ट्याटस

काठमाडौँ। महानायक राजेश हमालले आफ्नी ममतामयी माता रेणु केसी हमाललाई सम्झिएका छन् । केहि समयअघि आमासँगका तस्विरहरु सामाजिक संजालमा अपलोड गर्दै महानायक हमालले आमालाई सम्झिएका हुन् ।

सामाजिक संजालमा उनले आफ्नो आमासँगको चारवटा फोटोहरु अपलोड गरेका छन् । फोटो अपलोड गर्दै महानायक हमाल लेख्छन्, ‘आमालाई सम्झिदैँ….चलचित्र गर्नु अगाडी आमा सँग’ ।

केहि समय अगाडी राजधानीको सोल्टी होटलमा आयोजित कार्यक्रममा पनि नायक हमालले आफ्नी आमालाई सम्झिएका थिए । कार्यक्रममा हमालले आमाको मृत्युको कारणबारे पनि स्पस्ट पारेका थिए । ‘बुवाको मृत्युको कारण आमालाई ड्रिप्रेसन भएको र आमाले एकदमै धेरै चुरोट सेवन गर्न थाल्नुभयो ।’ हमालले भने, ‘चुरोट र डिप्रेसनको कारण आमाको मृत्यु भयो ।

Leave a Reply

Top
error: Try Again!!! Something went wrong!!!