You are here

अब लुगा धोइरहनुपर्दैन भित्रियो नयाँ प्रविधि

पानी पर्दा वा धूलो उड्दा पनि तपाईंको कपडा फोहर हुन्छ । तर वैज्ञानिकहरूले जस्तो अवस्थामा पनि कपडा फोहर नहुने निरोधक सतहको विकास गरेका छन् ।

यो सतहका कारण पानी परेको बेलामा पनि तपाईंको कपडा सुक्खै रहन्छ । अनि अरू बेलामा यसले धूलो र तेलबाट कपडालाई जोगाउँछ र मैलो हुन दिँदैन । यस्तो स्थितिमा लुगा धुने झन्झट हुँदैन ।

सञ्चारमाध्यमहरूमा आएका समाचारअनुसार, निरोधक सतहमा पानी वा तेलका थोपा नटाँसएिर उफ्रिनेछन् । यो सतह जलप्रतिरोधक कपडा र भान्सामा प्रयोग हुने भाँडाकुँडालाई फोहर हुनबाट बचाउन पनि काम लाग्छन् ।
पानीमा चलाइने वाहनहरूमा घर्षण रोक्नका लागि पनि यो सतह प्रयोग हुन्छ । जहाजहरू र सैन्य उपकरणको गति बढाउनका लागि पनि यस्तो सतहको उपयोग गरिन्छ ।

हङकङ विश्वविद्यालयका प्राध्यापक वाङ लिकियूको नेतृत्वमा अनुसन्धानकर्ताहरूले माइक्रोफुलुइडिक ड्रपलेटमा आधारित प्रविधिबाट तरलनिरोधक बलियो संरचना र छिद्रहरूसहितको सतह विकास गरे । लुगा, धातु र काँच जस्ता सामग्रीमा यो सतहले काम गर्छ ।
भविष्यमा लुगा धुनै नपर्ने अनि पानीमा भिज्दा पनि लुगा नभिज्ने भएको छ । यी सतहहरूमा पानी, तेल र जैविक द्रव्यसमेत १० किसिमका तरल पदार्थहरूको कुनै असर पर्दैन ।
एजेन्सी

Leave a Reply

Top
error: Try Again!!! Something went wrong!!!