You are here

अद्भूत व्यक्ति, जसले तातो तेलमा हात डुबाएर पकौडा पकाउँछन्

एजेन्सी पकौडा पकाउँदा उम्लिरहेको तेलबाट पकौडा झिक्न झाँझरको प्रयोग त सबैले गर्छन् । तर यो दुनियामा यस्ता मान्छे पनि हुँदा रहेछन् जसलाई कुनै झाँझरको आवश्यकता पर्दैन । उनले उम्लिरहेको तातो तेलमा आफ्नो नांगो हात डुबाएर पकौडा निकाल्छन् ।

भारतको उत्तरप्रदेशस्थित इलाहावाद सहरमा रामबाबू नामका एक व्यक्ति छन् । उनले सडकमा ठेलागाडामा पकौडा पकाएर बेच्ने काम गर्दछन् ।

उनले जुन तरिकाले पकौडा तार्छन् त्यो देख्दा मानिस तिनछक पर्छन्, डराउँछन् । उनको त्यो क्षमता हेर्न र उनले पकौडा पकाएको खानका लागि मानिसहरुको लामै लाग्ने गर्छ ।
उनले आगोमाथि बसाएको तेलको भाँडोमा पकौडा पकाउँछन् अनि तेलमा पाकिरहेको पकौडालाई निकाल्नका लागि आफ्नो हात नै तेलमा डुबाउँछन् । उनले कराइको तातो तेलबाट पकौडा निकाल्नका लागि झाँझर वा डाडु पन्यू प्रयोग गर्दैनन् ।

आफुलाई उम्लिरहेको तेलमा हात डुबाउँदा पनि नपोल्ने र दुखाइको अनुभूति नहुने उनी बताउँछन् । आफुलाई भगवानले यस्तो क्षमता दिएको उनको भनाई छ । जुन दिन तातो तेलमा डुबाउँदा आफ्नो हात जल्नेछ र आफुलाई पोल्नेछ, त्यस दिनदेखि आफुले पकौडा पकाउने काम बन्द गर्ने बाचा उनले गरेका छन् । एजेन्सी

प्याजको पकौडाको लागि आवश्यक सामग्री
लामो–लामो गरी काटेको प्याज
बेसन
हरियो खुर्सानी
बेसार
नुन
जिरा तथा धनियाँको पाउडर
लसुन तथा अदुवाको पेस्ट

पकाउने तरिका
– सर्वप्रथम भाँडोमा तातो तेल राखेर तताउने
– काटेको प्याजमा हरियो खुर्सानी, बेसार, धुलो खुर्सानी, जिरा धनियाँ, नुन, बेसन र अदुवा लसुनको पेस्ट एकै ठाउँमा राखेर राम्ररी मुछ्ने । यदी राम्ररी मुछिएन भने पानी पनि राख्न सकिन्छ । तर, धेरै गिलो गरी मुछ्नु हँुदैन ।
– तेल एकदमै तातेपछि मुछेको मिश्रणलाई सानो साइजमा चेप्टो आकार बनाइ तेलमा तार्ने क्रमशः प्याजी बनाउदै तेलमा तार्दै जाने ।
– एकापटिको भाग पाकेपछि अर्को पट्टि फर्काउदै जाने ।
– रातो–रातो भएपछि प्याजलाई तेल सोस्ने अथवा तैर्याउने भाँडोमा राख्नुपर्छ ।
यसरी घरैमा प्याजको पकौडा बनाउन सकिन्छ । पौकडामा प्याजको विकल्पमा भर्सीको फुल, च्याउ, लौका पनि प्रयोग गर्न सकिन्छ ।

Leave a Reply

Top
error: Try Again!!! Something went wrong!!!