You are here

अख्तियारद्वारा एकान्तकुनाबाट ५० हजार घुससहित सुब्बा रंगेहात पक्राउ, रबीले गरे लाइभ

काठमाडौं । अख्तियार अनुसन्धान आयोगले यातायात व्यावस्था कार्यलय एकान्तकुनाबाट घुस लिँदा लिँदै एक जना कर्मचारी रंगेहात पक्राउ गरेको छ । ५० हजार घुस लिदालिँदै नायव सुब्बा ईश्वरबन्धु गौतम पक्राउ परेका हुन् । ‘सिधाकुरा जनतासँग’को प्रस्तोता रबी लामिछानेले लाईभ आउँदै यस कुराको जानकारी गराएका हुन् ।

एक जना सेवाग्राहीले आफ्नो बुबाको मृत्युपछि बुवाको ट्याक्सीलाई आफ्नो नाममा नामसारी गर्नको लागि ट्याक्सी दर्ता शाखाबाट घुस लिँदालिदै सुब्बा गौतम पक्राउमा परेका हुन् । यस घटनाको सम्पुर्ण रिपोर्ट कार्यक्रम ‘सुधाकुरा जनतासँग’को भोलीको एपिसोडमा प्रस्तुत गर्ने कार्यक्रमका प्रस्तोता लामिछमनेले जानकारी गराएका छन् ।

न्युज २४ को चर्चित कार्यक्रम ‘सिधाकुरा जनतासँग’ले आफ्नो सुरुवातको दिन देखिनै एकान्त कुनामा रहेको ‘यातायात व्यावस्था कार्यलय’मा भईरहेको अनियमितताहरुलाई फलो गर्दै आईरहेको जानकारी गराउँदै आगामी दिनहरुमा पनि यस कार्यक्रमलाई सहयोग गरीदिन प्रस्तोता लामिछानेले आग्रह गरेका छन् ।

Leave a Reply

Top
error: Try Again!!! Something went wrong!!!